Thursday, October 20, 2016

भारतीय राष्ट्रपति मुखर्जीको स्वागत तयारी तिव्र

Tags

भारतीय राष्ट्रपति मुखर्जीको स्वागत तयारी तिव्रकार्तिक ३, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्तिक १९ गते हुने जनकपुर भ्रमणलाई सफल बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले आवश्यक तयारी तिब्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले बुधबार  स्थानीय सञ्चारकर्मीहरुसंगको छलफलमा उक्त जानकारी दिएका हुन् । 
तीन दिवसीय भ्रमणमा कार्तिक १७ गते काठमाडौं आउन लागेका भारतीय राष्ट्रपति मुखर्जी कार्तिक १९ गते जनकपुर आउने कार्यक्रम छ । जनकपुर भ्रमणको क्रममा उनी जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै जनकपुर–यदुकुहा सडक(सहिदपथ)को शिलान्यास गर्ने कार्यक्रम रहेको प्रजिअ चापागाईले जानकारी दिए ।
‘यद्यपी भारतीय राष्ट्रपतिको औपचारिक भ्रमण तालिका आई सकेको छैन । तर, अनौपचारिक रुपमा उनी जनकपुर आउने पक्का जस्तै हो’ प्रजिअ चापागाईले सञ्चारकर्मीहरु संग भने ।
भारतीय राष्ट्रपतिको स्वागत तथा अभिनन्दनको लागि जनकपुर उपमहानगर पालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा नागरिक अभिनन्दन समिति गठन गरिएको छ । यसैगरी स्थानीय गैरसरकारी संघ/संस्थाहरुलाई स्वागतद्वार निर्माण, सरसफाई आदिमा सहयोग गर्न आग्रह गरिएको छ ।
प्रजिअ चापागाईका अनुसार–भारतीय राष्ट्रपतिको जनकपुर आगमनलाई लक्षित गरी आउँदा शनिवारदेखि विशेष सरसफाई अभियान संचालन गरिने भएको छ । यसका लागी स्थानीय संघ संस्थाका प्रतिनिधी तथा राष्ट्रसेवकहरुलाई समेत परिचालन गरिने उनले जानकारी दिए ।

This Is The Newest Post


EmoticonEmoticon