Wednesday, October 5, 2016

पूजाको ‘आजको डायरी’: जीम गएपछि घर सफा गरेरै वित्यो दिन


हरेक दिन म बिहान ५ देखि ६ बजेसम्म उठिसक्छु । तर, आज केही ढिला भयो । हिजो एउटा म्यूजिक भिडियोको छायांकन भएकाले बिहान ७ बजे मात्र उठेँ । बिहान उठेर फ्रेस भएपछि व्रेकफास्ट गरेँ । प्राय म व्रेकफास्टमा कन्फ्लेक्स, दुध, हरियो स्याउ, उसिनेको अन्डा खान्छु ।
बिहान ९ बजे जीम गएँ । म अहिले तौल घटाइरहेकी छु । नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीका लागि शरीर मेन्टेन गरिरहेकी हुँ । जीममा सामान्य दौडने, ड्रमबेल उठाउने लगायतका व्यायम हुन्छ । जीम सकेपछि सौनामा बस्छु । यति गर्दा बिहानको ११ः३० भैसकेको थियो ।
जीम सकेर घर फर्किएँ । घरमा दशैं लागिसकेको छ । दशैंका लागि सरसफाई गर्ने काम थियो । आज दिनभर घर सरसफाइमा नै वित्यो ।
घरको पर्दा धुनेदेखि सिसा पुस्ने, कपडा धुने धेरै काम गरेँ । खाना खाँदा ३ बजेको थियो । दिनभर घर सफा गरेकाले एकदमै थकाई लागेको छ । तर, ममी निकै खुशी हुनुहुन्छ । ज्ञानी छोरी भएको भन्दै ममीले तारिफ गर्नुभयो, मन फुरुङ्ग भएको छ ।
आज चलचित्र ‘म यस्तो गीत गाउँछु’को स्त्रिmप्ट हात परेको छ । मलाई त यो चलचित्रको कथा पनि राम्रोसँग थाहा छैन । अब, आजबाट स्त्रिmप्ट पढ्न थाल्छु । बेलुकी म प्राय केही पनि खान्न । एकछिन टीभी हेरेर पढ्छु । मेरो प्यारो रोमियो(कुकुरको नाम) छ । उसँग नखेली निन्द्रा नै लाग्दैन ।
आजको दिनलाइ विशेषगरि, ममीको ज्ञानी छोरी भएर काम गरेकाले म ५ मा ४ दिन्छु ।


EmoticonEmoticon