Sunday, October 16, 2016

भारत–पाक तनाबको असर नेपालको सीमाक्षेत्रमा !

Tags

भारत–पाक तनाबको असर नेपालको सीमाक्षेत्रमा
पाकिस्तानसग तनाव बढेपछि भारतीय पक्षले नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । धनुषा जिल्लाको नाका भएर आवतजावत गर्ने व्यक्तीहरुको निगरानी गर्न थालेको छ ।
गएको केही दिनदेखि भारत–पाकिस्तान बीच बढ्दो तनाबको प्रभाव नेपाल–भारत सीमामा परेको हो । धनुषाको मुख्य नाकाहरु जटही, धनौजी, इनर्वा, दुहवी लगायतको स्थानमा भारतीय सीमा सुरक्षा बलले निगरानी बढाएको छ । भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरिरहेको सशस्त्र प्रहरी धनुषाका प्रमुख उतम थनेटले बताए । 
थनेटका अनुसार सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तीहरुमाथि भारतीय सुरक्षाकर्मीले निगरानी गरिरहेका छन । पछिल्लो सयममा भारत र पाकिस्तान बीच बढेको तनावको मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको उनले थपे ।  सीमा भएर ल्याउने मालसामानको पनि चेकजा“च भइरहेको उनले बताए । खुला सीमाको अपराधिक तत्वले पनि फाइदा उठाउन सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाव्यवस्था कडा पारिएको बताइएको छ । 
पाकिस्तानस“ग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको हो । 
बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ । बाराको मुख्य सीमा नाका मटिहर्वा तथा टांसिएकै भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताए । 
दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए ।


EmoticonEmoticon